• १५ वैशाख, शनिबार
  • , Apr 27, Saturday

माधव नेपालले सोधे –गणतन्त्र समाप्त पार्ने कोसिस त भइरहेको छैन?

  • २०७८ जेठ १५ शनिबार
  • Yugbani

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पटक–पटक जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन हुनु गणतन्त्र समाप्त गर्ने कोसिस रहेको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै पुनःविघटन हुनुले यस्तो शंका उब्जिएको नेपालले जिकिर गरेका छन्।

‘प्रतिनिधिसभालाई हठात् रूपमा गलत मनसायका साथ पटक–पटक विघटन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोसिस त भइरहेको छैन भन्ने आशंका उत्पन्न भएको छ,’ उनले भनेका छन्,‘सर्वोच्चको फैसलाको पूर्ण पाठ नआउँदै फेरि पनि प्रतिनिधिसभा विघटन गरिनु त झन् स्वेच्छाचारी र प्रतिगामी कदम हो।’

संवैधानिक मूल्य र मान्यताविपरित चल्ने र राज्यका सबै अंगको हुर्मत लिई आफूमाहतह सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न नसकिने उनले बताएका छन्।

संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन्त्र सुरक्षित हुन नसक्ने नेता नेपालको भनाइ छ।

उनले स्वतन्त्रता, सार्वभौमसत्तालगायतका रक्षाका लागि सशक्त आवाज उठाउन अहिलेको आवश्यक्ता रहेको बताएका छन्।

 

 

 

‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानसमेतमा गम्भीर खतरा उत्पन्न हुँदा सशक्त आवाज उठाउनु गणतन्त्रप्रेमी र देशभक्त नागरिकको दायत्वि हो,’ नेपालले भनेका छन्।

छुटाउनुभयो कि?

सबै