• १३ वैशाख, बिहीबार
  • , Apr 25, Thursday

सागरभन्दा देउवा दोब्बर मतले अगाडि

  • २०७९ मंसिर ०६ मंगलबार
  • Yugbani

डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन् ।

अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाएको छ भने छ सय ५६ मत बदर भएका छन् ।

छुटाउनुभयो कि?

सबै