• ०४ असार, सोमबार
  • , Jun 17, Monday

पम्फा भुसालभन्दा तोसिमा दोब्बर मतले अगाडि

  • २०७९ मंसिर ०६ मंगलबार
  • Yugbani

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले सत्ता गठबन्धनबाट चुनाव लडेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी छन्।

 

पछिल्लो तथ्यांकअनुसार कार्कीले ३ हजार ८९६ मत ल्याएर अग्रता लिएकी छन्। उनलाई नेकपा एमालेका अमृत खड्काले २ हजार ९५९ मतसहित पछ्याइरहेका छन्। कार्की र खड्काबीच ९३७ मतको अन्तर छ।

भुसाल तेस्रो स्थानमा छिन्। उनले १ हजार ७९६ मत पाएकी छन्।
 

छुटाउनुभयो कि?

सबै