• १४ वैशाख, शुक्रबार
  • , Apr 26, Friday

सीईओ सम्मेलन चैत्र २५ र २६ मा हुँदै

  • २०७८ चैत १९ शनिबार
  • Yugbani

काठमाडौं । नेपाल व्यवस्थापन संघले सीईओ सम्मेलन गर्ने भएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर संघले यही चैत्र २५ र २६ गते सीईओ सम्मेलन तथा राष्ट्रिय व्यवस्थापन अवार्ड कार्यक्रम गर्न लागिएको जानकारी गराएको हो ।

संघले सात वटा विभिन्न विधालाई समेटेर सीइओ सम्मेलन गर्न लागेको संघका अध्यक्ष किरणकुमार श्रेष्ठले जानकारी दिए । बैंक तथा वित्तीय संस्था,स्वास्थ्य,शिक्षा,पर्यटन,पूर्वाधार,उद्यामशीलता र प्रविधि क्षेत्रलाई समेटेर सीईओ सम्मेलन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

संघकी कोषाध्यक्ष अनु जोशी श्रेष्ठले सम्मेलनले विभिन्न क्षेत्रमा क्रियाशील सीईओको अनुभव आदानप्रदान गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्,“सीईओ व्यवस्थापनको मुख्य मेरुदण्ड हो तर विभिन्न क्षेत्रमा क्रियाशील सीईओको फरक फरक अनुभव हुन्छ त्यसलाई आदानप्रदान गर्ने हाम्रो उद्देश्य हो ।”

संघका कार्यकारी निर्देशक अनिल उपाध्यायले पहिलो पटक सीइओ सम्मेलन गर्न लागेको जानकारी दिए । उनका अनुसार सम्मेलनमा विभिन्न क्षेत्रमा कार्यरत झण्डै ३०० सीईओको सहभागि रहने छ ।

उनले भने,“सातवटा फरक फरक क्षेत्र समेटेर सञ्चालन हुने सम्मेलनमा हरेक सेसनमा ४ जना वक्ता र १ जना सहजकर्तासहित ३५ जना विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहने छ ।”

संघले सम्मेलनको दोस्रो दिन राष्ट्रिय व्यवस्थापन सम्मेलन र राष्ट्रिय व्यवस्थापन अवार्ड कार्यक्रम गर्ने तय गरेकाे छ ।

छुटाउनुभयो कि?

सबै