• ०८ माघ, मंगलबार
  • , Jan 21, Tuesday

खानतलासीको नाममा प्रहरीले ज्यादती गरेको वडाअध्यक्षको आरोप

  • २०७९ कात्तिक ३० बुधबार
  • Yugbani

रूपन्देहीको सियारी गाउँपालिका-१ का वडाअध्यक्ष अरुण शाहीले प्रहरी प्रशासनले खानतलासीको नाममा ज्यादती गरको आरोप लगाएका छन् ।

उनका अनुसार प्रहरीले मंगलबार मध्यराति घरैमा आएर आफूले प्रयोग गर्ने बा१६च २३६३ नम्बरको गाडी खानतलासीको नाममा टर्चर दिएको छ ।

वडाअध्यक्ष शाहीले बुधबार सियारी-१  निवासमा पत्रकार सम्मेलन आयोजना गरी घटनाबारे जानकारी दिएका छन् । खानतलासी गर्न पाउने प्रहरीको अधिकार भए पनि खानतलासी पुर्जी नदिई एक्कासि आएर राजनीतिक प्रतिसोध साँधेको उनको भनाइ छ । 

 


पार्किङ गरेर राखेको गाडी खानतलासी गर्दा केही नभेटेपछि प्रहरी फर्केको थियो । सवारी चेकजाँच गर्दा उनी घरमा थिएनन् । वडाअध्यक्षको गाडी शंकास्पद भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति चेकजाँच तथा खानतलासी गरेको थियो । 

वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मधु नेपाल नेतृत्वमा गएको टोलीले मध्यरातमै माथिको आदेश भन्दै खानतलासी गरेको थियो । दोस्रो पटक निर्वाचित भएका वडाध्यक्ष शाहीलाई स्थानीयले समेत साथ दिँदै आएका छन् ।  

पूर्व गृहमन्त्री तथा राप्रपा नेता निरञ्जन थापाले प्रहरी दबाब र प्रभावमा परेर कानुनविपरीत काम नगर्न चेतावनी दिए । प्रहरीले अनावश्यक रुपमा दुःख गर्ने गरी मध्यरातमा घरमै पुगेर गरेको कार्यप्रति राप्रपाले विरोध गरेको छ।  

छुटाउनुभयो कि?

सबै