• २७ जेठ, शनिबार
  • , Jun 10, Saturday

गठबन्धन १५ वर्षसम्म कायम रहन्छ, शंका गर्ने काम नगरौं : प्रधानमन्त्री देउवा

  • २०७९ कात्तिक २९ मंगलबार
  • Yugbani

देउवाले संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताएका  छन्  ।

 प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका हुन।  । त्यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन उनले आग्रह गरेका हुन् । 

 


मंगलबार सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन कायम रहनुपर्ने बताए ।


देउवाले भने,‘ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अंगभंग गर्ने काम गर्नुभयो, हामी संसद्को पूर्ण कार्यकाल राख्न चाहन्छौँ । यतिमात्र होइन माननीयहरूलाई संसद्को आलोचना गर्न दिन्छौँ । आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद् विघटन गर्दैनौँ ।’ 


 

छुटाउनुभयो कि?

सबै