• १५ वैशाख, शनिबार
  • , Apr 27, Saturday

वुहानको प्रयोगशालाका अनुसन्धानकर्ता बिरामी परेको गुप्तचर सूचनाले कोरोना भाइरसको उत्पतिबारे बढायो आशंका

  • २०७८ जेठ १३ बिहीबार
  • Yugbani

अमेरिकी गुप्तचर प्रतिवेदनका अनुसार चीनको वुहान स्थित वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बरमा बिरामी परेका थिए। कोरोना भाइरसको महामारी सुरु भएको वुहानको ल्याबका ती तीन अनुसन्धानकर्ताले बिरामी परेपछि अस्पतालको सहायता माग गरेका थिए।

कोरोना भाइरसको महामारी सुरु भएको समय पनि लगभग त्यहि आसपास थियो। उनीहरुमा कोरोना भाइरस र मौसमी फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिएको प्रतिवेदनमा उल्लेख छ।

भाइरस वुहानको प्रयोगशाला (ल्याब) बाट चुहावट भएको भन्ने केहीको आरोप रहेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेका बेला अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा उल्लेख जानकारी थाहा भएको हो।

विश्व स्वास्थ्य संगठनको पहलमा स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनको प्रारम्भीक नतिजामा कोरोना भाइरस प्रयोगशालामा विकास भएको वा त्यहाँबाट चुहावट भएको भन्ने दाबीमा तथ्य नरहेको उल्लेख गरिएको छ। तर थप स्पष्ट हुनका लागि बिस्तारित अध्ययनको खाँचो रहेको उनीहरुले बताएका छन्।

यसै सन्दर्भमा डब्लुएचओको बैठकमा छलफल हुँदैछ। त्यसको पूर्व सन्ध्यामा अमेरिकी गुप्तचर निकायको प्रतिवेदन सार्वजनिक भएको हो। यसले चीनको ल्याबबाट भाइरस चुहावट भएको हुन सक्ने सम्भावनाका सम्बन्धमा बिस्तारित र सघन अध्ययनका लागि थप दबाब बढाएको छ।

डब्लुएचओको अन्तर्राष्ट्रिय टिमले कोरोना भाइरसको उत्पति भएको क्षेत्रबारे अघिल्लो चरणो अध्ययनको तयारी गरेको छ। अहिलेसम्मका अध्ययन तथा त्यसबाट जुटेका प्रमाण अनुसार कोरोना भाइरसको संक्रमण चीनको वुहान स्थित समुद्री जीवहरुको मासु बजारबाट मानिसमा सरेको हुन सक्ने देखिएको छ।

तर यकिन हुन थप अध्ययनको खाँचो रहेको डब्लुएचओले बताउँदै आएको छ। ल्याबबाट भाइरस चुहावट भएको हुन सक्ने सम्भावना अहिलेसम्म प्राप्त प्रमाणहरुबाट नदेखिने पनि अध्ययनकर्ताहरुले बताएका छन्। तर अझै पनि केही राष्ट्र तथा पक्षहरुले चीनको ल्याबबाट भाइरस चुहावट भएको हुन सक्ने आशंका गर्दै आएका छन्।

छुटाउनुभयो कि?

सबै