• १३ मंसिर, बुधबार
  • , Nov 29, Wednesday

प्रचण्ड सहभागी हुने चुनावी सभा भोजपुरमा बम विस्फोट

  • २०७९ कात्तिक ३० बुधबार
  • Yugbani

सत्ता गठबन्धनको सभा चलिरहेको बेला भोजपुरमा बम विस्फोट भएको छ ।

विस्फोटमा के कति क्षती भए भन्ने कुराको विवरण आउन बाँकी छ । तर अहिले विस्फोट भएको क्षेत्रमा कडा सुरक्षा निगरानी बढाइएको छ ।

प्रहरीको अनुसन्धान पछि मात्र यसबारेमा केहि बताउन मिल्ने भोजपुरका प्रहरी प्रमुख डीएसपी सरोज घिमिरे बताउँछन् ।

 


भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ । मोरङ, खोटाङलगायत ठाउँमा पनि जाने कार्यक्रम भएकाले प्रचण्ड कार्यक्रमस्थल पुगिसकेका छैनन् ।

‘हामी अनुसन्धान गर्दैछौं । अहिले अवस्था सामान्य छ । कार्यक्रम भइरहेको छ’, घिमिरेले भने ।

छुटाउनुभयो कि?

सबै