• ०८ माघ, मंगलबार
  • , Jan 21, Tuesday

जेलेन्स्की : खेरसनमा सबै महत्वपूर्ण पूर्वाधार रूसी कब्जा अन्तर्गत नष्ट भयो

  • २०७९ कात्तिक २९ मंगलबार
  • Yugbani


रुसले आक्रमण गरे देखि कब्जामा लिई रुसमा गाभेको युक्रेनको खेर्सन शहरका सबै महत्वपूर्ण पूर्वाधारहरू रूसी कब्जामा हुँदा ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताए ।

उनले सोमबार खेरसन शहरको भ्रमण गरेपछि आफ्नो रातीको सम्बोधनमा भने।

 

रूसी झण्डाको अर्थ यो हो पूर्ण विनाश। बिजुली छैन, सञ्चार छैन, अन्तर्जाल (इन्टरनेट) छैन, दूरदर्शन (टेलिभिजन) छैन। कब्जाकर्ताहरूले आफैं सबै नष्ट गरे ।

यो उनीहरूको विशेष परिचालन हो। जाडो अघि रूसी कब्जाकर्ताहरूले सबै महत्त्वपूर्ण पूर्वाधारहरू नष्ट गरे। शहर र क्षेत्रका सबै महत्त्वपूर्ण सुविधाहरूमा विस्फोटक पदार्थहरू बिछ्याइएकाछन्, ”जेलेन्स्कीले भने।

युक्रेनी राष्ट्रपतिले खेरसोनमा जनजीवन सामान्य बनाउन प्रयास भै रहेको बताए ।

छुटाउनुभयो कि?

सबै