• १३ वैशाख, बिहीबार
  • , Apr 25, Thursday

आयोगले गरायो चुनावको तयारीबारे कूटनीतिक नियोगलाई जानकारी

  • २०७९ कात्तिक २८ सोमबार
  • Yugbani

निर्वाचन आयोगले आउँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावबारे नेपालमा रहेका कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ ।

आयोगले सोमबार नेपालमा रहेका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई चुनावबारे जानकारी गराएको हो ।

आयोगको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराउनुभएको हो । उहाँले चुनावलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

 

आयोगका उपसचिव कमल भट्टराईले चुनावका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, चुनाव अनुगमन गर्ने संस्था तथा पर्यवेक्षकहरुको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

उहाँले चुनावमा मतदानपछि सुरक्षा संवेदनशीलताको दृष्टिले महत्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरि व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

भट्टराईले ३ वटा अन्तर्राष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई चुनाव अनुगमनको अधिकार प्रदान गरिएको र चुनावमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको बताउनुभयो । 

छुटाउनुभयो कि?

सबै