• १४ वैशाख, शुक्रबार
  • , Apr 26, Friday

नेपाल टेलिकमले सार्वजनिक गर्यो निर्वाचन अफर,के छ अफरमा ?

  • २०७९ कात्तिक २७ आइतबार
  • Yugbani

मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा नेपाल टेलिकमले  एक अफर ल्याएको छ । सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको जनाएको छ ।

 
यस अफरमार्फत सस्तो दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु। २९४ मा उपलब्ध रहेको टेलिकिमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु। ९८ मा उपलब्ध गराइएको छ ।

एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक पनि जम्मा रु। ४९ मा उपलब्ध हुने टेलिकमको भनाइ छ  यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 


यो अफर आइतबारदेखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ । यो सेवा लिनका लागि मोबाइलबाट एस्ट्रे१४१५एस्ट्रह्याजकी डायल वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी पाउन सकिन्छ । 

छुटाउनुभयो कि?

सबै