• ०४ फागुन, आइतबार
  • , Feb 16, Sunday

माओवादी केन्द्र बुटवल नगर कमिटीले पायो पूर्णता

  • २०७८ चैत १४ सोमबार
  • Yugbani

८ महिना पछि नेपाल कम्युनिष्ट पार्टी  (माओबादी केन्द्र) ,बुटवल उपमहानगर  नगर कमिटीले  पूर्णता पाएको छ । कमिटीको सोमबार बसेको पहिलो बैठकले नगर कमिटीलाई पूर्णता  दिएको हो  ।

 

बैठकमा सहभागी रिया बस्नेतका अनुसार ८ महिना अघिको सम्मेलनबाट अध्यक्ष चयन गरिएका  पुष्पराज  ढकाल  प्रदेश कमिटीमा  गएपछि  सचिव रहेकी मञ्जु  भुसालले अध्यक्षको दावी  गरेकी  थिइन । त्यसमा  विवाद भएका कारण पदाधिकारी चयन हुन सकेको थिएन ।

तर  सोमबार बसेको बैठकले   कमिटीको  अध्यक्षमा नारायण भुसाल, उपाध्यक्षमा नमनारायण  घिमिरे,मिना घर्ती र सुदन अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सचिवमा सागर न्यौपाने, सहसचिवमा राजु गौडेल ,कोषाध्यक्षमा  राजु कालिराजसहित  ७३ सदस्यीय  नगर कमिटी चयन गरिएको  छ  ।  

छुटाउनुभयो कि?

सबै