• ०८ माघ, मंगलबार
  • , Jan 21, Tuesday

कर्णालीमा १० लाख १२८२ मतदाता, ९०७ मतदानस्थल

  • २०७८ चैत १४ सोमबार
  • Yugbani

कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ जनाले मतदाता रहेका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी सुर्खेतमा २ लाख लाख ३८ हजार ४५७ जना मतदाता रहेका छन् ।

यस्तै सल्यानमा एक लाख ५७ हजार ७१५, डोल्पामा २२ हजार ४४०, मुगुमा ३५ हजार ८९, जुम्लामा ६७ हजार ७४४, कालीकोटमा ८० हजार ४१६, हुम्लामा ३२ हजार ५८१, जाजरकोटमा एक लाख तीन हजार ८६९, दैलेखमा एक लाख ५८ हजार ४८९, रुकुमपश्चिममा एक लाख चार हजार ४८२ जना मतदाता रहेका छन् ।

यस्तै सबैभन्दा कम मतदाता संख्या हुने स्थानीय तहमध्ये डोल्पाको छार्काताङसोङ गाउँपालिकामा ९६७ जना रहेका छन । जिल्लामा पनि सबैभन्दा कम डोल्पालाई नै राखेको छ। आयोगका अनुसार कर्णालीमा ९०७ मतदान स्थल र एक हजार ३८५ मतदान केन्द्र रहेका छन् । आयोगले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन लक्षित मतदाता, मतदान स्थल र मतदान केन्द्रको तथ्याङ्क सार्वजनिक गरेको हो ।

छुटाउनुभयो कि?

सबै