• ०४ फागुन, आइतबार
  • , Feb 16, Sunday

मुलुकभर थप ५ सय ९९ वटा आँखा उपचार केन्द्र खोलिने

  • २०७८ चैत १४ सोमबार
  • Yugbani

काठमाडौँ — नेपाल नेत्र ज्योति संघले विभिन्न पालिकाहरुमा ५ सय ९९ वटा एकीकृत आँखा उपचार केन्द्र खोल्ने योजना बनाएको छ । हाल देशभरीमा १ सय ५४ स्थानीय निकायमा संघका आँखा उपचार केन्द्र छन् ।

४४ औं नेत्र ज्योति दिवसको अवसरमा आइतबार आयोजित विशेष कार्यक्रममा सघंका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले उक्त जानकारी गराएका हुन् । साथै जिल्ला सदरमुकामको आँखा उपचार केन्द्रलाई पाँच वर्षभित्र मध्यमस्तरको अस्पतालको रुपमा विकास गर्ने काम भइरहेको संघले जनाएको छ ।

‘डोल्पाबाहेक सबै जिल्लामा हामी कहीं न कहीं पुगेका छौं’, नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तका अनुसार वर्षेनी करिब ३३ लाख बिरामीले संघमार्फत आँखासम्बन्धी सेवा पाइरहेका छन् भने करिब २ लाख ७५ हजार जनाको मोतीविन्दुको शल्यक्रिया हुने गर्छ ।

आँखा उपचारका लागि सबै भारत जाने गरेको अवस्थामा ५० वर्षअघि संस्था परिकल्पना गरिएको जनाउँदै संघका संरक्षक प्रा.डा.रामप्रसाद पोखरेलले भने, ‘आँखाको शल्यक्रियाका लागि छिमेकी भारतबाट समेत उल्लेख्य संख्यामा आउने गरेका छन् । उनीहरु सस्तो र गुणस्तरीय उपचार भनेर यहाँ आउँछन् 

छुटाउनुभयो कि?

सबै