• १७ असार, शुक्रबार
  • , Jul 01, Friday

सरकारको कामकारबाहीमा गगन थापाले उठाए प्रश्न

  • २०७८ चैत १४ सोमबार
  • Yugbani

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारका सबै मन्त्रीले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् । सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरकारका सबै मन्त्रीले गरेका गलत कामको भारी कांग्रेसका उम्मेदवारलाई बोकाउन नमिल्ने बताए ।

‘गठबन्धनको सरकार छ, नेतृत्वमा कांग्रेस छ । तर, सरकारको डेलिभेरी चित्तबुझ्दो छैन । यस्तो कुराले चुनावमा अर्थ राख्छ,’ उनले भने, ‘गठबन्धन छ भन्दैमा सबै मन्त्रीका गलत कामको भारीले कांग्रेसका उम्मेदवारलाई बोकाइनु हुँदैन । त्यसैले चुनावमा गठबन्धन नगरौँ ।’

कम्युनिस्टहरू हिजो सरकारमा हुँदा समेत जनताको पक्षमा काम गर्न नसकेको उल्लेख गर्दै अहिले कम्युनिस्टहरूले स्थिरता दिन नसकेको तथा संविधान र लोकतन्त्रमाथि आक्रमण गरेको विषयलाई चुनावी एजेन्डा बनाएर जानुपर्ने बताए ।

छुटाउनुभयो कि?

सबै