• १६ चैत, शुक्रबार
  • , Mar 29, Friday

रामभक्त जोजीजुको  "दैवको लिला" रिलीज हुँदै 

  • २०७८ असोज १८ सोमबार
  • Yugbani

रिलिज हुने तयारीमा भर्साटायल गायक रामभक्त जोजीजुको स्वरमा डि.बी. इन्टरटेन्मेन्टले फेरि अर्को नया गीत दैवको लिला यहि असोज १९ गते मंगलबार सार्वजनिक गर्ने भएको छ ।

उडेर जुन, के बर मागी, मायालाई ढाका, मनको ढोका, जस्ता हिट गीत दिन सफल प्रतिष्ठित गायक रामभक्त जोजीजुको स्वरमा रहेको यस गीतका लागि शब्द दिपक पाठकको रहेको छ भने किरण देवकोटाले संगीत दिएका छन् । यस अघि नै पनि डि.बी. इन्टरटेन्मेन्ट मार्फत दिपक पाठक तथा किरण देवकोटाको शब्द संगीतमा ुआशाहरुु बोलको गीतमा रामभक्त जोजीजुले स्वर दिएका थिए । सुप्रसिद्ध कलाकार सरोज खनाल तथा सुरवीर पण्डित लगायतका कलाकारहरुद्धारा अभिनित म्युजिक भिडियोको छायांकनतर्फको सम्पुर्ण कामको समापन भइ सकेको छ । आगामी असोज १९ गते मंगलबारको दिन डि.बी इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल लगायत एकै पटक विभिन्न टेलिभिजन, एफ.एम तथा सञ्चार माध्यमबाट यो गीत र्सावजनिक हुन लागेको हो । गीतका लागि कथासंयोजन उर्मिला पाठकले गर्नुभएको छ भने निर्देशन तथा इडिटिगं टेकेन्द्र शाह र प्रभास अधिकारीको रहेको छ । मानिसमा पर्ने बज्रपात र दैवको लिला कसैले पनि टार्न नसक्ने, र हुने कुरा भइ छाड्ने भएकाले आफ्नो मन सम्हाल्न सिक्न पर्छ भन्ने खालको सन्देश यस गीतले दिन खोजेको छ । यस गीतको संगीत संयोजन रामभक्त जोजीजु स्वयम्को रहेको छ भने गायनको रेकर्डिगं जे.इ. स्टुडियो फूलबारी पोखरामा गरिएको छ । यस गीतका लागि मिक्सींग मा शम्भु तण्डुकार, रेकर्डिस्ट मा सन्जीव पाल रहेका छन् । गीतका लागि परि आरभी तथा डि.बी. इन्टरटेन्मेन्टले संयुक्तरुपमा लगानी गरेको छ ।

छुटाउनुभयो कि?

सबै