• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

थप ३,२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्‍यु

  • २०७८ साउन २८ बिहीबार
  • Yugbani

२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३,२६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २ हजार २९४ जना निको भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार २१२ पुगेको छ भने ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० जना रहेका छन् । जसमध्ये ३४ हजार ८३८जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३७ जना आईसीयू र १८३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् ।

छुटाउनुभयो कि?

सबै