• १४ मंसिर, मंगलबार
  • , Nov 30, Tuesday

नेपाल आइडल' को चौथो सिजन हुँदै, सबै जजहरु फेरिने

  • २०७८ साउन ०५ मंगलबार
  • Yugbani

काठमाडौं - नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम नेपाल आइडलको चौथो सिजन हुने भएको छ । नयाँ प्रतिभाको खोजी गर्ने यस शो अब पुनः प्रसारणमा आउने निर्माता तथा निर्देशक सुरेश पौडेलले बताए ।

काठमाडौं - नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम नेपाल आइडलको चौथो सिजन हुने भएको छ । नयाँ प्रतिभाको खोजी गर्ने यस शो अब पुनः प्रसारणमा आउने निर्माता तथा निर्देशक सुरेश पौडेलले बताए । फ्रेन्चाइजको अनुमति ३ वर्षको रहेकोले अर्को शो गर्ने नगर्ने दोधार भएकोमा चौथो सिजनको अनुमति पाइएको निर्माता पौडेलले बताए । अब चौथो सिजनको लिखित अनुमति पत्र पाए लगत्तै प्रोमो सार्वजनिक गरिने पौडेलले बताए । उनका अनुसार यस सिजनमा जजहरु फेरिने छन् । शोको सुरु देखि तेस्रो सिजनसम्म गायिका इन्दिरा जोशी, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा, संगीतकार न्ह्यु बज्रचार्य जजको रुपमा रहेका थिए । यसअघिको तेस्रो सिजनको विजेता सज्जा चौलागाई बनेकी थिइन् ।

छुटाउनुभयो कि?

सबै