• १० चैत, सोमबार
  • , Mar 24, Monday

कांग्रेस बैठक महाधिवेशन केन्द्रित, क्रियाशील सदस्य ९ लाख पुग्यो

  • २०७८ साउन ०२ शनिबार
  • Yugbani
काठमाडौँ- नेपाली कांग्रेसको प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पदाधिकारी बैठक मूलत: महाधिवेशनका विषयबस्तुहरुमा केन्द्रित भएको छ। कांग्रेसको क्रियाशील सदस्यता देशभित्रका ८ लाख ५२ हजार र विदेशमा रहेका समेत गरेर करिब ९ लाख क्रियाशील सदस्य रहेको जानकारी नेता रमेश लेखकले बैठकपछि दिए।
महादेव यादव नेतृत्वको निर्वाचन समिति, रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता विवाद समिति र विमलेन्द्र निधि नेतृत्वको पार्टी समायोजन समितिका विषयमा छलफल भएको नेता लेखकले बताए। क्रियाशील सदस्यतासम्बन्धी विवाद लगभग सकिएको र केही जिल्लामा मात्र अवस्था अझै अन्यौलमा रहेको छ। कांग्रेसको वडास्तरको अधिवेशन साउन १२ गते सुरु गर्ने भनिए पनि उक्त मिति केही सार्नसक्ने विषयमा पनि छलफल भएको नेता लेखकले बताए। पार्टीमा विभिन्न पार्टीबाट आएका सुनीलकुमार थापालगायतलाई कसरी समायोजन गर्ने भन्नेबारे पनि बैठकमा छलफल भएको नेता लेखकले जानकारी दिए।

छुटाउनुभयो कि?

सबै