• ०८ वैशाख, शनिबार
  • , Apr 20, Saturday

सन् २०२३ सम्म युभेन्टसमै रहन चाहन्छन् रोनाल्डो

  • २०७८ असार २१ सोमबार
  • Yugbani

क्रिस्टियानो रोनाल्डोका एजेन्टले युभेन्टसलाई उनको करार सन् २०२३ सम्मलाई नवीकरण गर्न आग्रह गरेका छन् ।

युभेन्टसले गत सिजन सिरिए ए उपाधि गुमाउनुका साथै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि रोनाल्डोले क्लब छाड्ने चर्चा चलिरहेको छ । यसका साथै युभेन्टसका समकक्षीले उनलाई ‘एक्ल्याएको’ समाचारहरु पनि बाहिरिएका छन् । पोर्चुगलका स्टार खेलाडीको युभेन्टससँग सन् २०२२ सम्म करार रहेको छ । यसका बावजुद उनी आगामी सिजन म्यान्चेस्टर युनाइटेड फर्किन सक्ने चर्चाहरु पनि भइरहेका छन् । यद्यपि, इटालियन पत्रिका गाजेटा डेलो स्पोर्टले भने रोनाल्डोका एजेन्ट जर्ज मेन्डेजले युभेन्टससँग रोनाल्डोको करार २०२३ सम्म थप गर्न प्रयास गरिरहेको दाबी गरेको छ । योसँगै रोनाल्डोले क्लब छाड्ने हल्लामा पूर्णविराम लागेको पत्रिकाको भनाइ छ ।

छुटाउनुभयो कि?

सबै