• २७ जेठ, शनिबार
  • , Jun 10, Saturday

दुई दिनदेखि हराइरहेका पुरुष खोलामा मृत फेला

  • २०७८ असार २१ सोमबार
  • Yugbani

विराटनगर  : मोरङको रंगेलीमा दुई दिनदेखि हराइरहेका एक पुरुष घरनजिकैको खोलामा मृत फेला परेका छन् । रंगेली नगरपालिका–३ का ५१ वर्षीय हिमप्रसाद धिताललाई सोमबार  बिहान ८ : ३० बजेतिर गडिया खोलामा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

 

 

काम गर्न जान्छु भनेर घरबाट हिँडेका उनी गत शनिबारदेखि परिवारबाट सम्पर्कविहीन बनेका थिए । ज्याला मजदुरी गर्दै आएका धितालको घरदेखि खोला लगभग एक किलोमिटर टाढा पर्छ । खोला किनारमा झाडीमा अड्किएको र घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । बाढी आएको खोला तर्ने क्रममा केहीमाथिबाट बगाएर धिताललाई ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय बासिन्दाले खोला किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि रंगेली अस्पताल ल्याएर घटनाको अनुसन्धान थालेको छ । मृत्युको कारण यकिन हुन बाँकी छ । खोलाले बगाएर मृत्यु भएको हो वा मृत्युको कारण अरु नै छ भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आइसकेपछि खुल्ने प्रहरीको भनाइ छ । 

छुटाउनुभयो कि?

सबै