• ०७ वैशाख, शुक्रबार
  • , Apr 19, Friday

जापानमा भारी वर्षासँगै गएको पहिरोमा २० जना बेपत्ता

  • २०७८ असार २० आइतबार
  • Yugbani

भारी वर्षासँगै गएको पहिरोका कारण जापानमा २० जना बेपत्ता भएका छन् । जापानको मध्य क्षेत्र स्थित अतामी शहरमा भीषण वर्षापछि पहिरो गएको हो ।

 

भारी वर्षापछि लेदोसहितको पहिरो शहर हुँदै समुद्र तर्फ गएको सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडियोहरुमा देखिन्छ ।

अहिलेसम्म दुईजनाको शव भेटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जुलाइको पहिलो तीन दिनमा अतामी शहरमा भीषण वर्षा भएको हो । सामान्य अवस्थामा पूरै महिनामा देखिने भन्दा धेरै वर्षा भएको हो त्यहाँ । यस्तै सीमावर्ती कानागवा क्षेत्रको मौसम पनि उस्तै रहेको छ ।

जापानमा पहिरोका घटना सामान्य भए पनि भीषण वर्षा र गम्भीर खालका विपदहरुका लागि विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि कारक रहेको भन्दै चासो र चिन्ता थपिएको छ ।

स्थानीय समय अनुसार शनिबार बिहान साढे १० बजे पहिरो गएको हो ।

छुटाउनुभयो कि?

सबै