• १० वैशाख, बुधबार
  • , Apr 23, Wednesday

कांग्रेसमा नयाँ समीकरण जन्माउने प्रयास, काेइराला, सिंह र निधिबीच छलफल

  • २०७८ असार ११ शुक्रबार
  • Yugbani

काठमाडाैँ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका तीन जना आकांक्षी शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह छलफलमा जुटेका छन्।

महाराजगञ्जस्थित शशांक कोइरालाको निवासमा तीन नेताहरुबीच आधा घण्टादेखि छलफल चलिरहेको हो।

 

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार १४ औँ महाधिवेशसनमा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न तीन नेताहरु सक्रिय बनेका हुन्।

देउवाले फेरि पनि सभापतिमा लड्ने भन्दै तयारी तीव्र पारेका छन्। निकट नेताहरुसँगको छलफलका क्रममा देउवाले कांग्रेसलाई फेरि एक नम्बर पार्टी बनाएर मात्रै विश्राम लिने चाहना व्यक्त गरिरहेका छन्।

तर आफ्नै समूहमा रहेका निधिले पनि सभापतिमा लड्ने तयारी गरेपछि देउवालाई अप्ठ्याराे छ।

यसअघि देउवाले फेरि सभापतिमा लड्ने भन्दै प्रदेशगत छलफल थालेलगत्तै यी तीन नेताहरुबीच असार ७ गते बानेश्वरमा छलफल भएको थियाे।

सभापतिमा देउवाको विकल्प खोज्दै आफ्नो पुस्तामा नेतृत्व ल्याउने समझदारी उक्त बैठकमा भएको भनिएकाे छ।

उनीहरुबीच आगामी नेतृत्वका लागि परम्परागत समीकरण भत्काएर नयाँ समीकरण बनाएर अघि बढ्ने सम्मको छलफल चलिरहेकाे छ।

कोइराला, सिंह र निधि कांग्रेसमा बिरासतको राजनीति गर्दै आएका नेता हुन्।

छुटाउनुभयो कि?

सबै