काठमाडौं : मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा रोपाई सुरु भएको छ । वर्षापश्चात धानको ब्याड राखेका किसानहरु अहिले आ-आफ्नो खेतमा रोपाईंमा व्यस्त भएका हुन् ।
देशका अधिकांश फाँटमा किसानहरुलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइनभ्याई हुन्छ । असार-साउन अर्थात वर्षायाम भनेको खेतीबाली लागाउने मध्य सिजन भएकाले यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने सिजन’पनि भन्ने गरिन्छ।
खोकना क्षेत्रका किसानहरु पनि रोपाईमा व्यस्त भएका छन् ।