• १५ चैत, बिहीबार
  • , Mar 28, Thursday

शुक्रबारसम्म आफ्नो कित्ता क्लियर गर्न नेपाल–खनाल पक्षलाई ओलीको चेतावनी

  • २०७८ असार १० बिहीबार
  • Yugbani

काठमाडौँ– नेकपा एमाले ओली समूहले शुक्रबारसम्म आफ्नो कित्ता क्लियर पार्न नेपाल–खनाल समूहलाई चेतावनी दिएको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहका नेताहरुमार्फत नेपाल–खनाल समूहलाई यस्तो चेतावनी दिएको ओली निकट स्रोतले जानकारी दियो।

पछिल्लो समय एमाले विभाजनको  संघारमा रहेको छ। ओलीले माधव नेपाल लगायतका ११  जनालाई  पार्टीबाट निष्कासन गरिसकेका छन्।

यद्यपि ओलीले सर्तसहित पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउन तयार भएको भन्दै पार्टी एकताका लागि आह्वान गरेका थिए। तर त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा दायर मुद्दामा हस्तारक्षर गरेका सांसदहरुले आफ्नो नाम फिर्ता लिनुपर्ने सर्त राखेका थिए।

तर नेपाल–खनाल समूह ओलीको उक्त आह्वान पार्टी एकताका लागि भन्दा पनि षड्यन्त्रपूर्ण तरिकाले आएको बताउँदै आएको छ।

छुटाउनुभयो कि?

सबै