• १३ मंसिर, बुधबार
  • , Nov 29, Wednesday

सवारी लाईसेन्सको लिखित परीक्षाकाे प्रश्न/उत्तर सार्वजनिक, यी प्रश्न जाने परीक्षामा पास

  • २०७८ असार १० बिहीबार
  • Yugbani

यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र –लाइसेन्स का लागि आवश्यक पर्ने ५०० ओटा प्रश्न उत्तर संग्रह सार्वजनिक गरेको छ । लाइसेन्स लिखित परीक्षा दिने सेवाग्राहीलाई सहजीकरणको लागि यातायात विभागले यस्तो लिस्ट तयार पारेको हो । 

 

केहि महिना अघि सवारी चालक अनुमाति पत्र निर्देशिका जारी भएपछि ट्रायल परीक्षा समेतलाई सरलीकृत गरिएको छ ।

तर, अहिले लाइसेन्स आवेदन रोकिएको कारण अंक प्रणालीमा ट्रायल परिक्षा हुन सकेको छैन ।
यातायात विभागका अनुसार यीनै प्रश्न उत्तर संग्रहबाट सवारीचालक अनुमतिपत्र(लाईसेन्स)को लिखित परीक्षामा प्रश्न सोधिने छ ।

विभागले एक सूचना जारी गर्दै अब हुने लिखित परिक्षामा आउनसक्ने प्रश्नहरुलाई समेटेर ५ सय प्रश्न उत्तरहरुको संग्रह सार्वजनिक गरेको हो ।

सवारीचालक अनुमतिपत्र परिक्षा संचालन कार्यविधि निर्देशिका २०७७ का अनुसार  उक्त प्रश्नहरु सार्वजनिक गरिएको विभागले जनाएको छ ।

यसअघि गत चैत १९ गते मोटरसाईकल, स्कुटर, मोपेड, कार, जीप तथा डेलिभरी भ्यानको लाईसेन्स परीक्षाका लागि भन्दै उक्त निर्देशिका जारी भई स्वीकृत भईसकेको छ ।

त्यसैगरी विभागले लिने लिखित परिक्षामा प्रकाशित प्रश्न संग्रहबाट प्रत्येक प्रश्नको ५ अंकका दरले २० प्रश्न सोध्ने सूचनामा उल्लेख छ ।

 

छुटाउनुभयो कि?

सबै