• ३० असोज, शनिबार
  • , Oct 16, Saturday

महाधिवेशन नजिकिएपछि पौडेलले डाके छुट्टै बैठक

  • २०७८ असार ०९ बुधबार
  • Yugbani

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन केन्द्रित बैठक डाकेका छन्।

बिहीबार दियालो फुडल्याण्डमा बस्ने गरी पौडेलले बैठक राखेका हुन्।

केन्द्रीय सदस्य गुरूराज घिमिरेले बैठकका लागि वरिष्ठ नेताले आफूहरूलाई खबर गरेको बताए।

पौडेल भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने पक्षमा छन्। तर उनले आफ्नो समूहमा छलफलपछि मात्रै उम्मेदवार तय भई औपचारिक घोषणा गरिने बताइरहेका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले शनिबारदेखि सोमबारसम्म सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्दै सक्रियता बढाएका थिए। देउवाले फेरि आफू सभापति उठ्ने बताइसकेका छन्।

 

उपसभापति विमलेन्द्र निधिले पनि महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग तथा युवा नेताहरूसँग छलफल गरेका थिए। निधि पनि सभापति उठ्ने तयारीमा छन्।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ।

महाधिवेशन नजिकिएसँगै सभापतिमा आकांक्षीहरूले सक्रियता बढाएका छन्।

छुटाउनुभयो कि?

सबै