• १६ चैत, शुक्रबार
  • , Mar 29, Friday

इंग्ल्याण्ड समूह विजेता, चेक रिपब्लिक हारेपनि नकआउट चरणमा

  • २०७८ असार ०९ बुधबार
  • Yugbani

९ असार, काठमाडौं । रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति घरेलु मैदान वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डका लागि स्टर्लिङले खेलको १२औं मिनेटमा गोल गरेका थिए । त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।

 

यसअघि पहिलो खेलमा क्रोएसियालाई हराउँदा पनि उनै स्टर्लिङले गोल गरेका थिए । इंग्ल्याण्डल स्कटल्याण्डसँग भने गोलरहित बराबरी खेलेको थियो ।

जितपछि ३ खेलबाट ७ अंक जोड्दै इंग्ल्याण्ड समूह विजेता बन्यो । अब इंग्ल्याण्डले समूह ‘एफ’को उपविजेतासँग अन्तिम १६ मा खेल्नेछ ।

उता हारपछि पनि चेक रिपब्लिक तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई पराजित गरेपछि क्रोएसिया समूह उपविजेता बन्यो ।

३ खेलबाट ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट चरणमा पुगेको हो ।

छुटाउनुभयो कि?

सबै