• १० चैत, सोमबार
  • , Mar 24, Monday

नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

  • २०७८ असार ०९ बुधबार
  • Yugbani

नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो गरिरहेका छन् । 

यस्तै मेसेज सेवा पनि अवरुद्ध रहेको छ । तर डाटा सेवा भने प्रभावित भएको छैन । बुधबार बिहानदेखि नै टेलिकमको नेटवर्कमा समस्या रहेको भएपनि बिहान साढे ८ बजेसम्म समस्या समाधान भएको छैन । न त के भएको हो भन्नेबारे टेलिकमले जानकारी नै दिएको छ । 

 

टेलिकमको ल्याण्ड लाइन सेवा भने पूर्ववत् अवस्थामै रहेको छ । नेपाल टेलिकमको सेवामा बेलाबेलामा समस्या आउने गरेको छ । टेलिकमकै उच्च अधिकारीले निजी टेलिकम सेवा प्रदायकलाई फाइदा पुग्नेगरी काम गर्ने गरेको आरोप समेत लाग्दै आएको छ ।

छुटाउनुभयो कि?

सबै