• ०८ वैशाख, शनिबार
  • , Apr 20, Saturday

रङ्गशालाबाहिर कवाडी उठाउने ती कान्टे आज विश्व फुटबलका नायक!

  • २०७८ असार ०४ शुक्रबार
  • Yugbani

फुटबलको मौसम चलिरहेको छ। विश्वकप पछिको सबैभन्दा ठूलो फुटबल मेला कोपा अमेरिका र युरो कप जारी छ। फेरि पनि रोनाल्डो र मेसीको चर्चा चुलिएको छ।

विश्व फुटबलका यी दुई महान हस्तीको चर्चा हुनु सामान्य हो। तर पछिल्लो समय विश्व फुटबलमा केही उदीयमान खेलाडीको जन्म भइसकेको छ। यसमध्ये एक यस्ता खेलाडी छन्। जो मैदानको मध्य भागमा दौडिरहेका हुन्छ। बल छक्याइरहेका हुन्छन्। लाग्छ यो कोरोना कहरमा उनले खेल्ने खुट्टामा अक्सिजनको एउटा सिलिन्डर बाँधीएको छ जसको नाम हो- एनगोलो कान्टे!

थाहा छैन थकाइ कुन चराको नाम हो त्यसैले त फुटवल पण्डितहरू भन्ने गर्छन् कान्टे फुटबलका मेसिन हुन्। मैदानको मध्य भागबाट उनी अक्सिजन सप्लाई गर्ने गर्छन्। विपक्षी टिमका लागि भने यिनी राक्षस बराबर हुन् ।

लण्डन क्लब चेल्सीलाई भर्खरै युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएका कान्टे फ्रान्सका प्रमुख खेलाडी हुन्। यिनै कान्टेको संघर्षमय जीवनका बारेमा यो आलेखमा निकै समष्टिमा विवेचना प्रस्तुत छ ।

सन् १९९१ मार्च २९ मा फ्रान्सको पेरिसस्थित रुइल माल्माइसन बस्तीमा एनगोलो कान्टे जन्मिएका थिए। यो बस्तीमा दैनिक रोजीरोटीका लागि मजदुरी गर्नेहरूको बाहुल्यता थियो । कान्टेका बाबुआमा मालीबाट काम खोज्दै ८० को दशकमा यहाँ आएका थिए। परिवारमा कान्टे जेठो छोरा थिए । यसपछि यो दम्पतीका अन्य तीन सन्तान जन्मिए।

बाबुआमाका जेठा छोरा भएकोले भाइ र बहिनीलाई हेर्नुपर्ने थप जिम्मेवारी कान्टेको काँधमा थियो। कान्टे परिवारको आर्थिक ढाडस बन्न काम खोज्दै जाँदा कवाडी बटुल्न थाले। कवाडी जम्मा गरेर बचेको समय भने उनी फुटवल खेल्थे।

आफू ११ वर्षको उमेर हुँदा बाबुलाई गुमाए। जिम्मेवारी अझै बढ्यो। कवाडी जम्मा गरेर मात्रै परिवारको आवश्यकता पूरा गर्न निकै कठिन थियो, विकल्पहरू निकै कम थिए। स्वभाव कडा मेहनत गर्ने खालको थियो त्यसैले कवाडी वटुल्नुका साथै बार तथा क्याफेमा काम गर्न थाले। टेलिभिजनका स्क्रिनमा घरीघरी फुटवल हेर्ने गर्थे। जिदान, हेनरी, भियरा, लिलियम थुराम र निकोलस अनेल्कामा आफ्नो अनुहार देख्न थाले। यी सबै खेलाडीहरूको पृष्ठभूमि आप्रवासी थियो जसले कान्टेको दिमागमा फुटवलमा सबैको स्पेश छ भन्ने फिलिङ भयो।

पछि स्थानीय क्लबमा फुटवल खेल्न थाले। ‘होचो कदको फुच्चे कसरी फुटबलमा टिक्न सक्छस्?’ भन्ने प्रश्न आफ्नो वरिपरिका मान्छेले गर्थे। सायद त्यसैले होला कान्टेमा चोटको चेतना जागृत भयो। कठोर मेहनतका साथ अभ्यासमा खटिरहे त्यसको परिणामसमेत देखिन थाल्यो। स्थानीय क्लबका लागि केही ट्रफीसमेत जिते जसका कारण उनलाई थप जिम्मेवारी दिइयो। ४ वर्ष एकेडेमीमा बिताएपछि उनलाई बालबालिकालाई प्रशिक्षण गराउने जिम्मेवारी दिइएको थियो।  यसका लागि उनले अतिरिक्त समय दिनुपर्ने थियो र केही पैसा पनि आउँथ्यो । तत्कालीन म्यानेजर पिर्रे भिल्लेले यस्तो अवसर जुराइदिएका थिए।

सन् २०१० मा फ्रान्सको तेस्रो डिभिजन क्लब ब्लोनमा छानिएपछि उनको जीवनमैं नयाँ मोड आयो। सन् २०१३ मा दोस्रो डिभिजनको कानमा गए। दोस्रो डिभिजनको कानलाई तेस्रो स्थान दिलाएर लिग वानमा छनोट गराउन सफल कान्टे त्यसपछि भने ईगंलिस क्लब लेस्टर सिटीमा आवद्ध भए।

आश्चर्य के भने लेस्टर सिटीले प्रीमियर लिग टाइटल जित्यो ८० लाख युरोमा लेस्टरमा आवद्ध कान्टे अर्को सिजन लण्डन क्लब चेल्सीमा आवद्ध भए। ३ करोड २० लाख पाउण्डमा चेल्सी छिरेका कान्टेले चेल्सीमा सबै उपाधि जिते। प्रिमियर लिग, एफए कप, युरोपा लिग अनि युरोपियन च्याम्पियन्स लिग।

‘म युरोपको ठूलो क्लबमा आवद्ध भएकोमा धेरै खुसी छु। मेरो सपना साकार भएको छ अब म क्लबको सपनालाई साकार पार्नेछु,’ चेल्सीसँगको सम्झौतापछि कान्टेले भनेका थिए। लण्डन क्लबका लागि १ सय ५७ खेल खेलिसकेका कान्टे वर्तमान क्लबको सफलताका मजबुत आधार हुन् भन्दा फरक पर्दैन ।

सन् २०१६ देखि राष्ट्रिय टिममा खेलिरहेका कान्टे मैदानमा धेरै दुरी कभर गर्न, छोटा र लामा पास निकाल्न अनि ट्याकल गर्न माहिर छन्। विश्वकप २०१८ मा उनले सबै खेल खेले। फ्रान्सले विश्वकप नै जित्यो। मैदानको चारैतिर भाग्न सक्ने क्षमताका कान्टे यतिवेला युरोकपको संग्राममा छन् ।

सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा कान्टे केवल ८ वर्षका थिए । मैदानबाहिर वियर र पानीका बोत्तलहरू उठाउँदा पाइने पैसामा उनी दंग पर्थे। तर तिनै कान्टे आज विश्वविजेता टोलीको नियमित सदस्य बनेका छन्। अब उनको हातमा केवल एउटा पदकको अभाव देखिन्छ युरो कप। युरो कपको सबैभन्दा प्रवल दावेदार फ्रान्स ग्रुप अफ डेथमा छ। त्यसो त फ्रान्सेली टिममा एकसे एक खेलाडी छन्।

सायद फ्रान्स युरो कपको च्याम्पियन बन्न सक्छ । तत्पश्चात् विजयको ट्रफी कान्टेको हातमा अझ सुन्दर देखिने छ।

एजेन्सीको सहयोगमा

छुटाउनुभयो कि?

सबै