• ३० असोज, शनिबार
  • , Oct 16, Saturday

बेलायती महारानीलाई भेटेपछि बाइडेन–उहाँले मलाई आमाको सम्झना गराउनुभयो

  • २०७८ जेठ ३१ सोमबार
  • Yugbani

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले बेलायती महारानी एलिजाबेथ द्वितियसँग भेट गरेका छन् ।

विण्डसोर कासलमा आइतबार भेटवार्ता भएको हो । राष्ट्रपति जो र प्रथम महिला जिललाई गाण्ड अफ अनर प्रदान गरिएको थियो । यस्तै उनीहरुले महारानी एलिजाबेथसँग चिया पनि पिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

भेटपछि राष्ट्रपति बाइडेनले महारानी एलिजाबेथले आफ्नी आमाको सम्झना आएको बताए । उनले महारानी एलिजाबेथलाई आमा जस्तै लागेको उल्लेख गरेका हुन् । महारानीलाई ह्वाइट हाउस भ्रमणको निम्ता दिएको पनि बाइडेनले बताएका छन् ।

विकसित देशहरुको जी सेभेन सम्मेलनपछि बाइडेनले महारानीसँग भेटवार्ता गरेका हुन् । यसअघि शुक्रबार पनि जो र जिलले महारानीसँग भेट गरेका थिए ।

जो र जिलसँग महारानी एलिजाबेथले झण्डै ४० मिनेट भेटवार्ता गरेकी हुन् । महारानीसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा चिनियाँ राष्ट्रपति सी जिनपिङ बारे पनि कुरा भएको बाइडेनले बताएका छन् ।

बाइडेनले भनेका छन्, ‘हामीले लामो कुरा ग¥यो । मलाई लाग्दैन कि उहाँले अपमानित महसुस गर्नु हुनेछ, उहाँमा मैले मेरी आमा पाएँ, उहाँले मलाई आमाको स्मरण गराउनु भयो । उहाँ निकै उदार हुनुहुन्छ ।’

९५ वर्षकी महारानी एलिजाबेथले पहिलोपटक सन् १९५१ मा राजकुमारी रहँदा पहिलोपटक त्यो बेलाका अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानलाई भेटेकी थिइन् ।

त्यसयता उनले ६९ वर्षको आफ्नो राजगद्दी अवधिमा अमेरिकाका १४ अमेरिकी राष्ट्रपतिलाई भेटेकी छन् । उनले अमेरिकी राष्ट्रपति लिण्डन बी जोन्सनसँग भने भेटवार्ता गरेकी थिइनन् ।

छुटाउनुभयो कि?

सबै