• १६ चैत, शुक्रबार
  • , Mar 29, Friday

फ्रान्सले बुल्गेरियामाथि ३–० जित

  • २०७८ जेठ २६ बुधबार
  • Yugbani

एन्टोनियो ग्रिजम्यान तथा ओलिभिए जिरुले गोल गरेको खेलमा फ्रान्सले बुल्गेरियामाथि ३–० को जित निकालेको छ । ग्रिजम्यानले २९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

भर्खरै टोलीमा फर्किएका स्टार स्ट्राइकर करिम बेन्जामा खेलको ३९ औ मिनेटमा घाइते हुनु भने फ्रान्सका लागि चिन्ताजनक बन्यो । इभान टुरिटसोयसँग ठोक्किएपछि उनी मैदान छाड्न बाध्य बनेका थिए ।

त्यसपछि मैदान छिरेका ओलिभिए जिरुले फ्रान्सका लागि दुई गोल थपे । उनले खेलको ८३ र ९० मिनेटमा गोल गरेका हुन् । फ्रान्सले समूह एफअन्तर्गत मंगलबार (१५ जुनमा) जर्मनीको सामना गर्दै युरोकप यात्रा थाल्नेछ । त्यसपछि १९ जुनमा पोर्चुगलको सामना गर्नेछ ।

युरोकपमा सफल इतिहास बोकेका टोलीमध्ये फ्रान्स एक हो । उसले १९८४ र २००० मा गरी दुईपटक उपाधि जितेको छ भने गत संस्करण फाइनलको यात्रा गरेको थियो । एकभन्दा धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी, स्पेन र फ्रान्ससँग मात्रै छ । जर्मनी र स्पेनले सर्वाधिक तीन–तीनपटक उपाधि जितेको इतिहास छ ।

 

पछिल्लो संस्करणको विश्वविजेता समेत भएकाले फ्रान्सलाई यसपटक धेरैले उपाधिको दाबेदार मानेका छन् ।

छुटाउनुभयो कि?

सबै