• ०६ वैशाख, बिहीबार
  • , Apr 18, Thursday

ब्राजिलको मासु प्रशोधन तथा आपूर्ति कम्पनी जेबीएसको कम्युटर नेटवर्कमा साइबर आक्रमण

  • २०७८ जेठ १९ बुधबार
  • Yugbani

ब्राजिलको मासु प्रशोधन तथा आपूर्ति कम्पनी जेबीएसको कम्युटर नेटवर्कमा साइबर आक्रमण भएको हो।

आक्रमणका कारण अस्ट्रेलिया, क्यानडा र अमेरिकामा केही समय काम रोकिएको र हजारौँ कामदार प्रभावित भएको उल्लेख गरिएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले रुसमा रहेका आपराधिक समूहबाट साइबर आक्रमण भएको हुन सक्ने बताएको छ। जेबीएसमा भएको साइबर आक्रमणका कारण मासुको अभाव हुन सक्ने वा मूल्य बढ्ने सम्भावना छ।

साइबर आक्रमणकारी जेबीएसको कम्युटर प्रणालीमा प्रवेश गरेर पैसा नदिएमा नोक्सानी वा फाइलहरु डिलिट गर्ने चेतावनी दिएका थिए।
एफबीआईले यो साइबर आक्रमणको अनुसन्धान गर्ने ह्वाइट हाउसले जनाएको छ।

जेबीएसका विश्वका १५ देशमा १५० भन्दा धेरै प्लान्ट छन्। यो कम्पनी सन् १९५३ मा ब्राजिलमा स्थापना भएको हो।

विश्वभर हाल कम्पनीमा एक लाख ५० हजार भन्दा धेरै कामदार छन्। अमेरिकामा जेबीएसले मासु आपूर्तिको ठूलो हिस्सा ओगटेको छ।

छुटाउनुभयो कि?

सबै