• ०५ जेठ, आइतबार
  • , May 18, Sunday

चौधरीको बियर उद्योगमा आगलागी

  • २०७८ जेठ १९ बुधबार
  • Yugbani

काठमाडौं । चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । देवचुली नगरपालिका २ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो ।

प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर छ । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेले जानकारी दिनुभयो ।

 

आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।

छुटाउनुभयो कि?

सबै