• १६ चैत, शुक्रबार
  • , Mar 29, Friday

पाँचथरमा कोरोनाको कारण पाँच को मृत्यु

  • २०७८ जेठ १७ सोमबार
  • Yugbani

पाँचथर : कोरोना महामारीबाट पाँचथरमा  पाँच जना को मृत्यु भएको छ । एक जनप्रतिनिधि र एक पत्रकार र तीनजना सर्वसाधारणसहित पाँचजनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् । 

सुरुमाफालेलुङ गाँउपालिका २ का ६० वर्षीय पुरुषको निधन भएको थियो । उनको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको हो । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको थियो ।

फिदिममा होटल व्यवसाय गर्दै आएका कुम्मायक गाँउपालिकाका ४५ वर्षीय पुरुषले पनि कोरोनाका कारण ज्यान गुमाए । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि झापा लैजाने क्रममा बाटोमै ज्यान गएको थियो ।

हिलिहाङ गाँउपालिका ४ का वडाध्यक्षश्री सिगुको पनि कोरोनाकै कारण निधन भएको छ । झापाको बीएण्ड सी अस्पतालमा उपचारका क्रममा सिगुको निधन भएको थियो । सिगुलाई लामो समयसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अस्पतालमै उनको निधन भएको हिलिहाङ गाँउपालिकाका अध्यक्ष भवानी लिङदेनले जानकारी दिए ।

कोरोनाकै कारण शुक्रबार नेपालपत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको ज्यान गयो । झापाको बिर्तासीटी अस्पतालमा उपचार गराएका भण्डारीको स्वास्थ्यमा सुधार नभएपछि निधन भएको हो । लामो समयसम्म उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । भण्डारीको शुक्रबार निधन भएको महासंघ पाँचथरले जनाएको छ ।

आइतबार फाल्गुनन्दगाँउपालिका ३ राँकेका ६४ वर्षीय एक पुरुषले पनि कोरोनाकै कारण ज्यान गुमाएका छन् । सामान्य रुघाखोकी र ज्वरो आएपछि उनी घरमै बसेका थिए । मृत्युपछि एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

छुटाउनुभयो कि?

सबै