• १० चैत, सोमबार
  • , Mar 24, Monday

असई र जवान पसलबाट रक्सी चोरेर फर्किएपछि…

  • २०७८ जेठ १७ सोमबार
  • Yugbani

मदिरा चोरी गरेको आरोपमा सिराहाको इलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन प्रहरी निलम्बनमा परेका छन् ।
निलम्बन हुनेहरूमा प्रहरी सहायक निरीक्षक नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय रहेका छन् ।

लहान नगरपालिका– २३ गढिया चोकमा रहेको पूजा मदिरा होटेलमा जेठ ९ गते राति तीनैजना प्रहरीले मदिरा चोरेको आरोप लागेपछि निलम्बन गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता (डिएसपी) शालिग्राम शर्माले बताए । 

प्रहरी होटेलमा पुगेपछि सञ्चालक बाहिर भागेको वेला प्रहरीले मदिरा चोरी गरी खाएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेपछि प्रहरीले निलम्बन गरी अनुसन्धान अगाडि बढाएको हो । प्रहरीले सिसिटिभीमा कैद भएको भिडियो सार्वजनिक नगर्न होटेल सञ्चालकलाई दबाब दिए पनि सामाजिक सञ्जालमा अपलोड गरेपछि कारबाही प्रक्रिया अगाडि बढेको हो ।

प्रहरी नियामावली २०७१ बमोजिम आजदेखि निलम्बन गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता शर्माले बताए ।

छुटाउनुभयो कि?

सबै