कालिकोट । रास्कोट नगरपालिकाले बेरोजागरीलाई रोजगारी दिन स्थापना गरेको श्रमरोजगार बैंक एक वर्षदेखी काम नपाएर बन्द भएको छ ।
नगरपालिका भित्रका बेरोजगार युवायुवतीलाई रोजगार दिन दुई सय ६० जनाको समुहमा बनेको श्रमरोजगार बैंकले काम नपाउदा एक वर्ष देखी बन्द रहेको हो ।
नगरपालिकाले आफ्नो कार्यसंचालनको पहिलो वर्षमै नगरपालिका भित्रका बेरोजगार युवायुवतीको तथ्यांक संकलन गरी पहिलो चरणमा दुई सय ६० जनालाई छनौट गरी विकास निर्माणमा लगाएको थियो ।
पहिलो र दोस्रो वर्षमा नगरका हरेक विकास निर्माणमा काम गर्न पाएका रोजगार कार्यकर्ता अहिले काम नपाएर पुरानै अवस्थामा पुगेका छन् ।
रोजगारीका लागी भारत लगायतका अन्य खाडिमुलककमा गएका युवाहरु नगरपालिकाले रोजगारी दिने थाहा पाएपछी घर फर्केका थिए । तिनै युवाहरु फेरि अहिले रोजगारको खोजीमा भौंतारिएका छन् ।
नगरपालिकाको विकास वजेटले धान्न नसक्दा बैंकले काम पाउन नसकेको श्रमरोजगार बैंकका अध्यक्ष पदमबहादुर खड्का(सुवास)ले बताए । संघिय सरकार र प्रदेश सरकारबाट आउने योजनाहरु ठेक्का प्रक्रियामा जाने र नगरपालिकाको विकासी वजेटले दुई सय ६० जनालाई काममा लगाउन वजेट नपुग्ने भएकाले गत भदौदेखी रोजगार बंैकका कायकर्ताहरुले काम पाउन नसकेको खड्काले स्वीकारे ।
‘बेरोजगारीहरुको व्यवस्थापन गर्न नगरसरहको महत्वपूर्ण, जनपक्षिय र लोकप्रिय कार्यक्रम हो । तर, नगरपालिकाको आयस्रोतले धान्न नसकेकाले दुई सय ६० जनालाईनै काममा लगाउन सकिएन ।’ उनले भने ‘केही समुहहरुले काम पाइरहेका छन् ।’ अहिले वडा नम्बर३,४,६,७,८ नम्बर वडामा रहेका कार्यदलका समुहले काम पाइरहेका छन भने, वाँकी १,२,९ र ५ वडाका कार्यदलका समुहहरुले काम गर्न नपाएको अध्यक्ष खड्काले बताए । ‘वजेट त, अभाव छदैछ, त्यसैमा केही निर्माणका कामहरु लकडाउनले गर्दापनी समुहमा काम गर्न रोकिएको उनको भनाई छ ।’
खड्काका अनुसार, स्थापना गर्दा दुई सय ६० जना छनौट गरिएको रोजगार बैंकमा अहिले दुई सय बढि समुहमै छन । केहीले काम पाएका छन त केही खाली बसेका छन् । आउदो वर्षमा केही वजेटको व्यवस्थापन गरेर भएपनि श्रमरोजगार वैंक सुचारु गरिने योजना बनाएको उनले बताए ।
रोजगार बैंकका कमाण्डरनै, रोजगार खोज्दै भारततिर
रोजगार बंैकमा काम गर्दा जिबीकोपार्जन गर्न हम्मे हम्मे भएको भन्दै २० जनाको समुहको नेतृत्व गर्ने कार्यदलका व्यवस्थापक समेत रोजगारी खोज्दै भारततिर लागेका छन् । पूर्व जनमुक्ति सेनाका लडाकु समेत रहेका व्यवस्थापक रास्कोट १ लहरेलाका अरुण शाही (निमार्ण) कार्यदल छाडेर उनी सहित तीन जना व्यवस्थापक रोजगारी खोज्दै भारतमा गएका छन् । श्रमरोजगार बैंकमा काम गर्दा परिवार समेत पाल्न नसक्ने हुदा रोजगारीका लागी भारततिर लागेको उनले बताए ।
‘नगरपलिकाले बेरोजगारीहरुको व्यवस्थापन राम्रै गरेको हो । तर, स्रोतले धानेन, दोष नगरको छैन ।’ उनले भने हप्तामा दुई दिन काम पाइन्छ भने, पाँच दिन खाली वस्नु भन्दा नियमित रोजगारीका लागी आफुले छाडेको व्यवस्थापक निर्माणले बताए । पूर्व लडाकु निर्माण जनयुद्धका घाइते पनि हुन् । उनले जनयुद्धमै आफ्ना दाई समेत गुमाएका थिए ।
नगरपालिकाले घरको आँगनमै रोजगार दिन सुरु गरेको थाहा पाएपछी रास्कोट –२ का रामराज उपाध्याय भारतको नैनितालबाट घर फर्केका थिए । विदेशमा अर्काको गुलामी गर्नु भन्दा स्वदेशमै आफ्नै गाउँमा काम गरी पसिना बगाउनु पर्छ भनी गाउँ फर्केर श्रमरोजगार वंैकमा रोजगारीमा लागेका रामराज जस्तै युवाहरु अहिले कामको खोजिमा कोही भारततिर लागेका छन भने, कोही बेरोजगार छन ।
यस अगाडी जिल्लाको पलाँता गाउँपालिकाले पनि गाउँपालिकामा कार्यदल निर्माण गरी रोजगारी दिन सुरु गरेको थियो । अहिले पलाँतामा पनी बनेको कार्यदल केन्दिकृत नभएर विकेन्द्रिकृत अवस्थामा छ ।