• ०४ असोज, सोमबार
  • , Sep 20, Monday

शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभाको बैठक स्थगित

  • २०७८ जेठ १६ आइतबार
  • Yugbani

बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बागमती प्रदेशसभाको आज बसेको ८ औं अधिवेशन बैठकले प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको निधन प्रति शोक प्रस्ताव पारित गर्दै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ १७ गतेसम्मका लागि स्थगित गरेका छन् ।  प्रदेशसभाको अर्को बैठक बिहान ११ बजे बस्ने बस्ने छ । बैठकले दोलखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य चौलागाईंको निधन प्रति गहिरो समवेदना व्यक्त गर्दै सर्वसहमतिले शोक प्रस्ताव पारित गरेको हो ।  सांसद् चापागाईको गत बैशाख २८ गते कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको थियो । 

 

 

उक्त बैठकले सांसद् चौलागाई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना प्रकट गरको छ । 

छुटाउनुभयो कि?

सबै