• ०५ जेठ, आइतबार
  • , May 18, Sunday

बाढिका कारण मनाङमा ४० घर विस्थापित

  • २०७८ जेठ १४ शुक्रबार
  • Yugbani

निरन्तरको वर्षासँगै आएको बाढिका कारण हिमाली जिल्ला मनाङको सदरमुकामको चामे गाउँपालिका ४ नयाँबस्तीमा ४० घर विस्थापित भएका छन् । ६ वटा घर जोखिममा परेको छ ।

बिहीबार दिउँसोदेखि आएको निरन्तरको वर्षाका कारण  स्थानीय खहरे खोलामा आएको बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा परेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।

 शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले ४ वटा कुखुराको टहरा बगाएको छ । सडक क्षतविक्षत बनाएको छ ।मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीले केही पक्की घरहरु आगनसमेत बगाएको बताए ।

उनले भने ‘बाढिले चामेको नयाँबजारमा रहेको एभरेष्ट होटल, साग्रीला होटल बढि जोखिममा छन् ।’ एभरेष्ट होटलको शौचालय बगाएको र मुख्य भवनको जग धरापमा पारेको लामिछानेले बताए ।

बाढिबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवनमा, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ । मनाङको चामे बजारमा बाढि पसेकाले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले स्थानीयलाई सुरक्षित स्थानमा स्थान्तरण सारेका थिए ।

चामेको घट्टेखोला र ठाडोलइनका खोलाहरुमा ठुलो बाढि आइरहेकाले चामे गाउँपालिकाले सुचना जारि गरेर स्थानियलाई सुरक्षित स्थानमा बस्न अनुरोध समेत गरेको छ । 

छुटाउनुभयो कि?

सबै