• ०८ माघ, मंगलबार
  • , Jan 21, Tuesday

अधिवेशन जेठ १९ मा लुम्बिनी प्रदेश सभाको वर्षे

  • २०७८ जेठ १४ शुक्रबार
  • Yugbani

बुटवल — लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन आउँदो जेठ १९ गते बस्ने भएको छ ।

 

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ १९ गते १ बजे प्रदेशसभा आह्वानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाख ६ मा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्न विशेष अधिवेशन आह्वान भएको थियो । त्यसदिन नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बैठक नबसी अधिवेशन अन्त्य भएको थियो । त्यसपछि विपक्षी गठबन्दनले विशेष बैठक आह्वान गर्न आग्रह गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले मानेका थिएनन् ।

यस्तै, मन्त्रीपरिषद बैठकले प्रदेश वन ऐन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले युगवाणीलाई जानकारी दिए ।

छुटाउनुभयो कि?

सबै