• १० चैत, सोमबार
  • , Mar 24, Monday

आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिने

  • २०७८ जेठ १३ बिहीबार
  • Yugbani

दमौली– कोरोना कहरका कारण यस वर्षको परीक्षा सञ्चालन हुन नसकेपछि व्यास नगरपालिकाले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्ने भएको छ।

शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा सञ्चालन हुन नसकेपछि नगरपालिकाले मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्न लागेको हो।

विद्यालयमा उपस्थित भई परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले अघिल्ला चरणमा सञ्चालन गरिएका प्रथम र द्वितीय त्रैमासिक मूल्यांकनबाट क्रमशः २० र ६० प्रतिशत अंकलाई आधार मानी बाँकी २० प्रतिशतको अंकका लागि प्रत्यक्ष भौतिक उपस्थिति बाहेकका वैकल्पिक परीक्षाका माध्यमबाट १० प्रतिशत र विद्यार्थीका निरन्तर मूल्यांकनका विविध अभिलेखबाट १० प्रतिशत गरी शतप्रतिशत अंकका आधारमा वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिने शिक्षा अधिकारी उपसचिव नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए।

उनका अनुसार वार्षिक परीक्षा र नतिजा प्रकाशन गर्दा जेठ १४ गतेसम्म विद्यालयले भौतिक उपस्थितिबाहेक वैकल्पिक मूल्यांकनको आन्तरिक तयारी गरी विद्यार्थीलाई जानकारी गराउने र जेठ १५ देखि २५ गतेसम्मका परीक्षाका विधि अवलम्बन गर्ने निर्णय गरिएको छ।

विद्यार्थीको मूल्यांकन अभिलेखको आधारमा जेठ २८ गते सबै विद्यालयले कक्षा ८ बाहेक बालविकासदेखि ९ सम्मको नतिजा विद्यालय प्रशासनबाट प्रमाणित गरी सार्वजनिकीकरण गर्ने र विद्यार्थी तथा अभिभावकलाई सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत जानकारी गराउनेछन्।

 

नगरपालिकाले शैक्षिक सत्र २०७८ का लागि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान कार्यक्रम असार १ गतेदेखि शिक्षक, विद्यार्थी र अभिभावकको प्रत्यक्ष भौतिक उपस्थितिबिना विविध वैकल्पिक माध्यम प्रयोग गरी सञ्चालन गर्ने रेग्मीले जानकारी दिए।

छुटाउनुभयो कि?

सबै