• ०८ माघ, मंगलबार
  • , Jan 21, Tuesday

डिएसपीले औषधि पसलका कर्मचारीलाई कुटेको भिडियो भाईरल, कारवाहीको माग

  • २०७८ जेठ १३ बिहीबार
  • Yugbani

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रहलाद केसीले वीरगञ्जस्थित एक औषधि पसलमा काम गर्ने मेडिकल कर्मचारीलाई कुटेको भिडियो समाजिक सञ्जालमा भाईरल भएको छ ।

भिडियोमा डिएसपी केसीले औषधि पसलमै पसेर ती कर्मचारीलाई हातले, खुट्टाले अनि आफूसँग भएको लठ्ठीले कुटेको देखिएको छ।

भाइरल भिडियोलाई अहिले वीरगञ्जबासी लगायतका यहाँका अधिकांश व्यक्तिहरुले आफनो फेसबुकमार्फत शेयर गरिरहेका छन । भिडियोमा प्रहरीले कुटपिट गरेको प्रति आक्रोश जनाउदै फेसबुक प्रयोगकर्ताले पर्सा प्रहरीको चर्को आलोचना गरिरहेका छन ।

उनीहरुले कुटपिट गर्ने डिएसपी केसीलाई कारवाहीको माँग पनि गरेका छन । प्रहरीले देशै भरि चलाएको ‘प्रहरी मेरो साथी’ नारा मात्रै सीमित रहेको फेसबुक प्रयोगकर्ताको आरोप छ ।

‘पर्सा जिल्लाका सम्पूर्ण पार्टीका अध्यक्षहरू र सम्पूर्ण जनप्रतिनिधिहरू, तपाईँहरू कानमा तेल र आँखामा पार्टी बाँधेर बस्नु भएको छ ?’

वीरगञ्ज निवासी मुकेश द्विबेदीले आफनो फेसबुकमा लेखेका छन, ‘आज कोई अस्पताल ,कोई औषधि पसल, कोई अति आवश्यक कामले जादा पनि दिनदिनै प्रहरी प्रशासनद्वारा कुटीएका छन, अस्पतालहरू मनमानी रूपले बिरामीहरूसँग पैसा लिरहेका छन, चारै तिर भय, त्रास को वातावरण छ तर पनि तपाईहरुको मुखबाट एकशब्द पनि निस्किरहेको छैन, किन?’

उनले अघि लेखेका छन, ‘आम जनताहरुले भनेको जस्तै, के सचिक्कै यो जिल्लामा नेता नै छैनन के? हो यदि तपाईँहरू हाम्रो नेता, जनप्रतिनिधि हुनुहुन्छ भने सर्वदलीय टिम बनाएर प्रशासनसँग कुरा गर्नुस, अब अति हुँदैछ।’

मेडिकल कर्मचारीलाई प्रहरीले कुटपिट गरेको भिडियो बुधबार साँझदेखि समाजिक सञ्जाल फेसबुकमा भाईरल भएको हो । एक मिनेट १२ सेकेन्डको भिडियो सिसिटिभीमा कैद भएको हो ।

छुटाउनुभयो कि?

सबै