काठमाडौं : बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
सत्तारुढ एमालेका उम्मेदवार थापालाई विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका देवकोटाले पराजित गरेका हुन् ।
बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्।
सत्तारुढ एमालेका उम्मेदवार थापालाई विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका देवकोटाले पराजित गरेका हुन्।
चुनाव चिह्न कलम भएका देवकोटाले ५०८८ मतभार पाए भने सूर्य चिह्नमा लडेका थापाले चार हजार १४ मतभार पाएका छन्। यता नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेका छन् ।
प्रदेशसभा सदस्यतर्फ ५८ जनाले देवकोटालाई, ४५ जनाले थापालाई र दुई जनाले तामाङलाई मतदान गरेका छन् । प्रदेशसभा सदस्य एक जनाको मत बराबर ४८ र स्थानीय तहको प्रमुख र उपप्रमुखको मतमध्ये १८÷१८ मतभार रहेको छ । स्थानीय तहतर्फ एक सय २८ जनाले देवकोटालाई, एक सय तीन जनाले थापालाई र दुई जनाले तामाङलाई मतदान गरेको आयोगको कार्यालयले जनाएको छ ।
विजयी देवकोटाले आफूलाई नेकपा एमालेबाट पनि मत प्राप्त भएको र अन्य दलहरुको पनि सहयोग रहेकाले स्वतन्त्र भएर भूमिका निर्वाह गर्ने बताए ।
मतभारका हिसाबले एमालेको प्रदेश र स्थानीय तहमा गरी कुल ५०३४ मतभार छ । कांग्रेस र माओवादी केन्द्र र जसपाको गठबन्धनसँग कुल ४४ सय ८२ मतभार रहेको छ । माधव नेपाल पक्षबाट केही मत देवकोटालाई गएकाले उनको सहज जित भएको नेकपा एमाले ओली पक्षको दाबी छ ।
...
देवकोटा स्थानीय तहको मतगणनादेखि नै अगाडि थिए। राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेबाट गृहमन्त्री थापा र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल पक्षले डा. देवकोटालाई उम्मेदवार बनाएको थियो।
एमाले भित्रको पछिल्लो समीकरण पछि नेपाल पक्ष मौन रहेको थियो। नेकपा एमालेको आधिकारिक उम्मेदवार आफू भएको र प्रदेशमा नेकपा एमालेको बहुमत रहेकाले आफ्नो जित निश्चित रहेको गृहमन्त्री थापाको दाबी गर्दै आएका थिए। अन्तत विपक्षी गठबन्धनका उम्मेदवार देवकोटाले बाजी मारेका हुन्।
कांग्रेस, माओवादी र जसपाले आफ्नो उम्मेदवार नउठाएकाले देवकोटालाई समर्थन गरेको थियो। देवकोटाले एमाले भित्रबाटै आफूलाई समर्थन रहेको र अन्य दलको पनि समर्थन रहेकाले जित निश्चित रहेको दाबी गर्दै आएका थिए।
निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका हुन्।