• १६ चैत, शुक्रबार
  • , Mar 29, Friday

गण्डकीमा मन्त्रिपरिषद्‍ गठन : दीपक मनाङेबाहेक चार मन्त्रीले लिए शपथ

  • २०७८ जेठ ०५ बुधबार
  • Yugbani

पोखरा : गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद गठन गरेका छन्। मुख्यमन्त्री गुरुङले बुधबार पाँच मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् गठन गरेका हुन्। 

गुरुङले पहिलाकै मन्त्रीलाई जिम्मेवारी सुम्पिएका छन्। किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका हुन्। मनाङेबाहेक चार मन्त्रीले बुधबार नै प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने अन्य तीन मन्त्रीलाई जिम्मेवारी दिइएको छैन।

 दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ। मनाङे विशेष कामले काठमाडौं गएको हुँदा बुधबार उनको शपथ हुन सकेन।

गुरुङ २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए। कोरोना संक्रमणका कारण बिरामी परेको हुँदा उनले मन्त्रिपरिषद गठन गर्न सकेका थिएनन्। केही निको भएपछि उनले बुधबार मन्त्रीहरु नियुक्त गरेका हुन्।

छुटाउनुभयो कि?

सबै