• २६ वैशाख, आइतबार
  • , May 09, Sunday

देउवासँगै बाबुराम पनि भावी प्रधानमन्त्रीका दाबेदार !

  • २०७७ चैत २३ सोमबार
  • Yugbani

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि नयाँ सरकार गठनका लागि ‘किङमेकर’को बनेको जनता समाजवादी पार्टी (जसपा) ले भावी प्रधानमन्त्रीमा दाबी शुरु गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउने निर्णय लिएकै बेला जसपाले पनि प्रधानमन्त्रीका लागि दाबेदारी शुरु गरेको हो । शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकबाट लिइएको उक्त निर्णयप्रति जसपाले असन्तुष्टिसमेत जनाएको छ ।

 

शुक्रबार राति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । तर, कांग्रेसको निर्णयमा जसपा नेताहरुले असन्तुष्टि जनाएका छन् ।

सरकार गठनमा संसदमा अंक गणितीय हिसाबले ‘किङमेकर’ बन्न पुगेको जसपाका नेताहरु आफैं सरकारको नेतृत्व गर्ने बताउन थालेका छन् ।

सत्ता समीकरणबारे छलफल गर्न आइतबार बिहानै हात्तीवनस्थित निवासमा आइपुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसपा अध्यक्ष महन्थ ठाकुरले प्रश्न गरे, ठाकुरले पौडेलसँग भने, ‘गठबन्धनको सरकार बनाउने भन्ने, अनि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर निर्णय दिने ? गठबन्धनको सरकारका लागि तीन दलसँग बसेर निर्णय लिनुपर्ने होइन र ?’

 

याे पनि

 


जसपाका अर्का नेता राजेन्द्र महतोले पनि सरकारको नेतृत्व जसपाले नै गर्ने दाबी गरेका छन् । आइतबार रातोपाटीसँग कुरा गर्दै महतोले अब जसपा कसैको नेतृत्वमा सरकारमा नजाने, आफैंले सरकारको नेतृत्व गर्ने बताए ।

सरकारको ‘किङमेकर’

प्रतिनिधिसभाको वर्तमान अंक गणित हेर्दा राजपा दुबै हातमा लड्डु बोकेर बसेको छ । ओली वा देउवा दुबैतिर सरकार गठनका लागि जसपाको साथ नभएसम्म बहुमत पुग्दैन । यही अवस्थालाई बुझेर जसपाले आफैं प्रधानमन्त्रीको दाबी गर्न थालेको हो ।

विगतमा प्रतिनिधिसभामा २० सीट रहेको राप्रपाले यसैगरी ठूला दललाई ट्रयापमा पारेर पटक–पटक प्रधानमन्त्री पाएको थियो ।

प्रतिनिधिसभामा १२१ सांसद रहेका केपी ओलीका लागि विश्वासको मत सिद्ध गर्न मात्र १७ सांसद चाहिएको छ । त्यसका लागि सके सग्लो जसपाको समर्थन लिने, नसकेमा फुटाएर भए पनि वैकल्पिक गठबन्धन बनाउन नदिने ओलीको रणनीति देखिन्छ । सोहीअनुसार जसपाको ठाकुर पक्षसँग प्रधानमन्त्री ओलीले संवाद बढाइरहेका छन् ।

 

ओली इत्तर गठबन्धनको सरकार बनाउन काँग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ५३ (चारजना एमालेतिर लागेका) र जसपाका ३४ (दुई निलम्बित) सांसदको मत चाहिन्छ ।

संसदको यो अंकगणितले ‘किङमेकर’ बनेको जसपालाई आ–आफ्नो पक्षमा पार्न एमाले र काँग्रेस– माओवादी केन्द्रले तानातान गरिरहेका छन् ।

जसपा भने जुन गठबन्धनमा गए पनि निर्णायक हुने देखिएको छ । यही कारणले ओलीतिर मिले महन्थलाई प्रधानमन्त्री प्रस्ताव गर्ने र कांग्रेृस–माओवादीतिर मिले बाबुरामलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राजपा नेताहरुले राख्न थालेका छन् ।

ओलीले बाबुरामलाई नमान्ने

एमाले–जसपा गठबन्धनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका सामाचारहरु आइरहेका छन् । तर, ओलीले सकभर अहिलेकै अवस्थामा जसपालाई सरकारमा ल्याएर आफैंले सरकारको नेतृत्व गर्न जोड गरिरहेका छन् ।

 

आफ्नो सरकार ढल्ने र अरुको हातमा सत्ता जाने स्थिति आएमा महन्थलाई नै प्रधानमन्त्री बनाएर भए पनि एमालेलाई सरकारमा राखिराख्ने प्रधानमन्त्री ओलीले खेल खेल्न सक्ने सम्भावना रहेको केही नेताहरुको तर्क छ ।

संसदीय अंकगणित आफ्नो पक्षमा पार्नुपर्ने बताउँदै आएका ओलीले महन्थलाई प्रधानमन्त्री बनाएर आफ्नो गठबन्धन टिकाउने रणनीति नबनाउलान् भन्न सकिँदैन । किनभने, विगतमा एमालेका नेताहरु राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा समेत सरकारमा गएको नजीर छ ।

तर, प्रधानमन्त्री ओलीले सोचे जस्तो महन्थ ठाकुर प्रधानमन्त्री हुने सम्भावना अहिल्यै देखिइनसकेको स्वयं राजपाकै नेताहरु बताउँछन् । राजपाका एक नेताले रातोपाटीसँग भने, ‘हामीले सकभर आफ्नै पार्टीको नेतालाई प्रधानमन्त्री बनाउने हो, यसका लागि बाबुराजमी उपयुक्त पात्र हो ।’

बाबुराम भर्सेस देउवा !

बाबुराम भट्टराईको नेतृत्वमा एमाले–जसपा गठबन्धन बनाउन ओली र बाबुराम दुबै राजी छैनन् । यो अवस्थामा बाबुरामको नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने त्यो कांग्रेस–माओवादी–जसपाको गठबन्धनमा बन्ने हो । एमाले–जसपा गठबन्धनबाट बाबुराम प्रधानमन्त्री भन्ने सम्भावना देखिँदैन ।

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय नै गरिसकेको छ । अब जसपाको नेतृत्वमा सरकारमा जाने हो भने कांग्रेसले केन्द्रीय कार्य समितिको निर्णय सच्याउनुपर्ने हुन्छ । यसका लागि सभापति देउवा तयार नभएसम्म कांग्रेस आफ्नो निर्णयबाट ‘ब्याक’ हुन गाह्रो देखिन्छ । कांग्रेस पछाडि नहटेसम्म जसपाको नेतृत्वमा बाबुराम प्रधानमन्त्री बन्ने सम्भावना रहँदैन ।

छुटाउनुभयो कि?

सबै