• २६ वैशाख, आइतबार
  • , May 09, Sunday

खनाल–नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा ४५ जना सहभागी

  • २०७७ चैत १३ शुक्रबार
  • Yugbani

नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा ४५ जना  केन्द्रीय सदस्य सहभागी भएका छन् ।  नेताहरू उपत्यकाबाहिर भएकाले सबै सदस्य सहभागी नभएको खनाल–नेपाल पक्षको भनाइ छ । 

बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा जारी रहेको छ । ११ बजेका लागि बैठक बोलाइएको बैठक १२ बजेबाट बैठक सुरु भएको हो । पार्टीले सोधेको प्रष्टीकरणपछि खनाल–नेपालको केन्द्रीय कमिटी बैठक बसेको हो । केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसदहरूसँग पनि परामर्श गर्ने भएको छ । 

सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता  झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ । 

ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्माण गरेको छ ।

छुटाउनुभयो कि?

सबै