• २६ वैशाख, आइतबार
  • , May 09, Sunday

जनप्रतिनिधि जनताका सेवक : प्रधानमन्त्री

  • २०७७ चैत १२ बिहीबार
  • Yugbani

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि जनताका सेवक भएको बताउनुभएको छ । विकास निर्माण, सुशासन, समुन्नत समाज निर्माण र जनताको हक अधिकार स्थापित गर्नका लागि जनताले जनप्रतिनिधिलाई सेवकका रूपमा निर्वाचित गरेर पठाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
नेपाल नगरपालिका सङ्घको २८औँ वार्षिकोत्सवमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधि जति उच्च पदमा भयो, त्यति नै बढी सेवाको भावनाले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहका जनप्रतिनिधिले समाजलाई सकारात्मक रूपान्तरण, राज्यको सेवा नागरिकसम्म पु¥याउने, मानवीय सेवा प्रदान गर्ने र विकासको गतिलाई अगाडि बढाउने भूमिकामा क्रियाशील रहनुपर्छ ।”
कोरोना रोकथाम र नियन्त्रण गर्ने कार्यमा स्थानीय तहले गरेको काम प्रशंसनीय भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिले स्थानीय तहको भूमिका महìवपूर्ण र असाधारण बन्दै गएको छ ।” स्थानीय तहलाई अधिकार सम्पन्न गर्नका लागि सरकारले कहिल्यै पनि नहिच्किचाएको भन्दै उहाँले कार्य क्षमताका आधारमा स्थानीय तहलाई बजेट उपलब्ध गराउँदै जाने बताउनुभयो ।
नेपालमा सङ्घीय सरकार, सातवटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकार गरी ७६१ वटा सरकार भएको र सबै सरकारको उद्देश्य समुन्नत समाज निर्माण गर्ने भएको भन्दै प्रधानमन्त्री ओली भन्नुभयो, “अब कसैले पनि बेसहारा बन्नु पर्दैन ।” राम्रा कामका लागि प्रतिस्पर्धा गर्न स्थानीय तहलाई निर्देशन गर्दै उहाँले सङ्घीय सरकारले सबै प्रकारको सहयोग गर्ने बताउनुभयो । सङ्घीय सरकारले स्थानीय तहलाई आवश्यक साधन स्रोत उपलब्ध गराउने भन्दै नेपालका लागि स्थानीय तह नयाँ अभ्यासमा भएकाले एकैपटक स्थानीय तह सबै दृष्टिकोणले सक्षम नहुने उहाँले स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले तीनै तहका जनप्रतिनिधिको जिम्मेवारी समाजको रूपान्तरणकै लागि भएकाले सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । माछा, मासु र अण्डामा नेपाल आत्मनिर्भर बन्दै गएकाले अब अरू उत्पादनमा नेपाल क्रमिक रूपमा आत्मनिर्भर बन्दै वस्तु निर्यात गर्नेतर्फ अगाडि बढ्ने उहाँले बताउनुभयो । त्यस अवसरमा ओलीले सङ्घले प्रकाशन गरेको “रणनीतिक योजना” पुस्तकको विमोचन गर्नुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहको भूमिका सधैँ प्रशंसनीय रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य पूर्वाधार विकास र प्रभावकारी सेवा प्रवाहमा स्थानीय तहको भूमिका प्रशंसनीय रहेको उहाँले स्पष्ट गर्नुभयो ।
 

त्यस अवसरमा नगरपालिका सङ्घले सुशासन र सेवा प्रवाहमा प्रभावकारी कार्यसम्पादन गर्ने रुपन्देहीको तिलोत्तमा नगरपालिका, सहरी योजना, वातावरण र विपद् जोखिम न्यूनीकरण व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्याङ्जाको वालिङ र वित्तीय अनुशासन र राजस्व परिचालन उत्कृष्ट कार्य गर्ने झापाको कन्काई नगरपालिकालाई सङ्घले सम्मान गरेको थियो ।
सम्मान ग्रहण गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले नगर सरसफाइ हरियाली प्रवद्र्धन र एकैपटक दर्जनौँ कानुन निर्माण गरेर नगरपालिकाले उत्कृष्ट कार्य गरेको बताउनुभयो । नेपाल नगरपालिका सङ्घका महासचिव भीम ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका महासचिव बङ्शलाल तामाङ र जिल्ला समन्वय समितिका महासचिव कृष्णचन्द्र न्यौपानेले स्थानीय तह सबल भए मात्र नागरिक समृद्ध बन्न सक्ने बताउनुभयो । 

छुटाउनुभयो कि?

सबै