• ०६ वैशाख, बिहीबार
  • , Apr 18, Thursday

कंगनाको नयाँ फिल्म ‘थलाइवी’ ट्रेलरः साउथमा प्रशंसा नै प्रशंसा, बलिउडमा सन्नाटा

  • २०७७ चैत १२ बिहीबार
  • Yugbani

बलिउड अभिनेत्री कंगना रनौतको नयाँ फिल्म ‘थलाइवी’ को ट्रेलर सार्वजनिक भएको छ । कंगनाको यो फिल्म तमिलनाडुकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिताको जीवनमा आधारित छ । 

यो फिल्मको ट्रेलर रिलीज भएपछि साउथका चर्चित कलाकारहरुले कंगनाको खुलेर प्रशंसा गरेका छन् । कंगनाको नयाँ फिल्मको पहिलो लुक्स आएदेखि प्रशंसा गरेका साउथका कलाकारले कंगनाप्रति उच्च सम्मान जनाएका छन् । यता, बलिउडमा भने कंगनाको फिल्मको विषयमा कसैले कुनै प्रतिक्रिया जनाएका छन् । भर्खरै रिलीज भएको अभिनेत्री आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ को टीजरलाई लिएर अभिनेत्री प्रियंका चोपडा, अक्षय कुमार, करण जौहर, वरुण धवन र नितु कपूर जस्ता सेलिब्रेटीले निकै प्रशंसा गरेका छन् । तर, कंगनाको विषयमा भने कुनै पनि प्रतिक्रिया जनाएनन् । 

कंगना रनौतले बलिउड उद्योगमा नेपोटिज्मको विषयमा आवाज उठाएपछि बलिउडमा थुप्रै कलाकारहरुले यसको विषयमा विरोध पनि गरेका थिए । उनले सीधा आलिया भट्ट लगायतका स्टारका छोराछोरीको विरोध गरेकी थिइन् । 

पछिल्लो समय सुशान्त राजपुतको मृत्युपछि झनै विवादमा आएकी कंगनाले बलिउडमा थुप्रै पटक विभिन्न विषयमा आवाज उठाएकी छिन् । 

छुटाउनुभयो कि?

सबै