• २६ वैशाख, आइतबार
  • , May 09, Sunday

सेयर बजार परिसुचक २५ सय ७० अंकमा

  • २०७७ चैत ११ बुधबार
  • Yugbani

सेयर बजार परिसुचक उच्च अंकले उकालो लागेको छ । साताको चौथो कारोवार दिन आज बुुधबार बजार परिसुचक ४१ दसमलव तीन अंकले उकालो लागेर २५ सय ७० दसमलव २५ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव छ अंकले उकालो लागेर चार सय ५५ दसमलव ९५ अंकमा चढेको छ । आज कुल १३ वटा उपसमुह अन्तर्गत दुई सय आठ वटा कम्पनीहरुको सेयर किनबेच भएकाछन । जसबाट ७२ हजार नौ सय ५७ पटकको कारोवारमा एक करोड ६९ लाख ३४ हजार आठ सय ९३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम छ अर्ब ६७ करोड ४४ लाख २३ हजार नौ सय ४१ रुपैयाँ पुगेको छ ।

 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) आज कारोवार भएका कुल उपसमुहहरु मध्ये जलबिद्युुत उपसमुहको सुचक घटेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक उकालो लागेकाछन ।

छुटाउनुभयो कि?

सबै