• २६ वैशाख, आइतबार
  • , May 09, Sunday

खानामा फाइबरको कमी भएमा यी कुरा खानुस् !

  • २०७७ चैत ११ बुधबार
  • Yugbani

काठमाडौं । खानामा फाइबर हुनु जरूरी हुन्छ । त्यसैले फाइबर प्रशस्त भएको खानेकुरा लिनु आवश्यक हुन्छ । महिलाहरूका लागि दिनदिनै खानामा २५ ग्राम फाइबर जरूरी हुन्छ भने पुरुषका लागि ४० ग्राम फाइबर चाहिन्छ।आहारमा फाइबर कम हुँदा कब्जियतको समस्या हुन्छ र शरीरमा पानीको पनि कमी हुन्छ। अनि रगतमा चिनी र कोलेस्ट्रोलको स्तर बढ्छ । आन्द्रालाई पीडा हुन्छ। फाइबरको कमी हटाउनका लागि आहारमा यी भोज्यपदार्थहरू संलग्न गर्नुपर्छ।

दाल
दालमा प्रशस्त फाइबर हुन्छ र यसले तपाईंको पाचनप्रणालीलाई दुरुस्त राख्छ। कब्जियतको समस्या पनि हुन पाउँदैन।

मकै
प्रचूर मात्रामा फाइबर चाहिएमा मकै सेवन गर्न थाल्नुस् । एउटा मकैले चार ग्राम फाइबर दिलाउँछ।

हरिया सागपात
हरिया सागपातमा फाइबर प्रचूर मात्रामा हुन्छ । दिनदिनै हरिया सागपात खाने गर्नुस्।

फल
स्याउ र नास्पाती जस्ता फललाई बोक्रैसहित खाँदा शरीरलाई पानीका साथै फाइबर पनि प्रचूर मात्रामा प्राप्त हुन्छ । बिहानै फलको सेवन गर्दा बढी फाइदा हुन्छ । फलको रस पनि स्वास्थ्यका लागि राम्रो हुन्छ तर फाइबर धेरै चाहिएमा फल खानु नै राम्रो विकल्प हो।

ब्राउन राइस
भात खान मन पर्छ भने सेतो चामलको ठाउँमा ब्राउन राइस खान शुरु गर्नुस्। रोटी पनि आँटाकै खानुस्, मैदाको होइन । यसले शरीरमा नोक्सानी हुनबाट बचाउँछ।

ओटमील
ओटमीलमा भएको बीटा–ग्लुकोनले विशेष प्रकारको फाइबर दिन्छ। यसले शरीरमा फाइबरको कमी हटाउँछ र कोलेस्ट्रोल स्तर पनि नियन्त्रणमा राख्छ अनि शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ। निरोगी रहनका लागि फाइबरयुक्त खाद्यपदार्थमा जोड दिनुहोस्। एजेन्सी

छुटाउनुभयो कि?

सबै